खेलकुद

प्रिमियर लिगः दुई गोलको अग्रता जोगाउन नसक्दा साविक विजेता सिटी बराबरीमा रोकियो

इकागज |
पुस १, २०८० आइतबार १०:४३ बजे

काठमाडौँ- इंग्लिस प्रिमियर लिगअन्तर्गत साविक विजेता म्यानचेस्टर सिटीले दुई गोलको अग्रता जोगाउन नसक्दा क्रिस्टल प्यालेससँग बराबरी खेलेको छ ।

शनिबार राति भएको खेलमा म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेससँग २-२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।


सिटीका लागि ज्याक ग्रेलिस र रिको लेविसले एक-एक गोल गरे । क्रिस्टल प्यालेसका लागि जिन-फिलिप माटेटा र माइकल ओलिसले एक-एक गोल फर्काए ।

ज्याकले २४ औँ मिनेटमा गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाए भने रिकोले ५४ औँ मिनेटमा गोल गर्दै सिटीको अग्रता दोब्बर बनाए ।

तर क्रिस्टल प्यालेसका जिन-फिलिपले ७६ औँ मिनेटमा गोल गर्दै खेललाई २-१ को अवस्थामा पुर्‍याए भने माइकलले दोस्रो हाफको इन्जुरी समयमा गोल गर्दै खेललाई बराबरीमा पुर्‍याए ।

यससँगै १७ खेलबाट ३४ अंक जोडेको सिटी चौँथोँ स्थानमा यथावत् छ भने समान खेलबाट १७ अंक हात पारेको क्रिस्टल प्यालेस १५ औँ स्थानमा यथावत् छ ।


Author

थप समाचार
x