खेलकुद

च्याम्पियन्स लिगको अन्तिम १६ मा साविक विजेता सिटीले कोपेनहेगनको सामना गर्ने

इकागज |
पुस २, २०८० सोमबार १७:३९ बजे

काठमाडौँ- च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको प्रि-क्वार्टरफाइनलमा साविक विजेता म्यानचेस्टर सिटीले डेनमार्कको कोपेनहेगनविरुद्ध खेल्ने भएको  छ ।

सोमबार भएको 'ड्र' अनुसार सिटीले अन्तिम १६ मा कोपेनहेगनको सामना गर्ने निश्चित भएको हो ।


प्रि-क्वार्टरफाइनलको पहिलो लेग आगामी फेब्रुअरीको १३-१४ अथवा २०-२१ तारिख तथा दोस्रो लेग मार्चको ५-६ अथवा १२-१२ तारिखमा हुने तालिका रहेको छ ।


Author

थप समाचार
x