कृष्ण प्रसाद भट्टराई स्मृति कराते माघमा
काठमाडौँ- तेस्रो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिता माघमा आयोजना हुने भएको छ । आयोजक जिल्ला प्रमुख डोजो ललितपुर, लगनखेलले मंगलबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिता माघ १८ देखि २० गतेसम्म हुने जानकारी दिएको हो ।
ललितपुरको सातदोबाटोमा हुने प्रतियोगितामा पुरुषतर्फ ५०, ५५, ६०, ६७, ७५-८४, ८४ के.जी. माथि, काता र टिम काता तथा महिलातर्फ ४५, ५०,५५, ६१, ६८, ६८ के. जी. माथि, काता र टिम कातामा प्रतिस्पर्धा हुने छ ।
प्रतियोगिता आयोजना गर्न करिब ५५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएकाे छ ।
प्रतियोगिताको च्याम्पियन हुने टोलीले ट्रफीसहित १ लाख र दोस्रो हुने टोलीले ट्रफीसहित ५० हजार रुपैयाँ प्राप्त गर्ने छन् । प्रतियोगिताको सर्वोकृष्ट महिला तथा पुरुष खेलाडीले ट्रफीसहित समान २५ हजार रुपैयाँ पाउने छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया