एनएसएल : पोखरा प्लेअफमा, इलामको जित
काठमाडौँ- नेपाल सुपर लिग (एनएसएल) मा पोखरा थन्डर्स र स्पोर्टिङ इलामले जित हात पारेका छन् ।
मंगलबार साँझ दशरथ रंगशालामा भएको खेलमा पोखराले बुटवल लुम्बिनीलाई १-० ले पराजित गर्यो । पोखराको जितमा मोसेस ग्याबाले विजयी गोल गरे । यससँगै पोखरा थन्डर्स एनएसएलको शीर्ष स्थानमा उक्लिँदै प्लेअफमा स्थान सुरक्षित गरेको छ ।
पोखराले ७ खेलबाट १४ अंक जोडेको छ । उसले दोस्रो स्थानको धनगढीसँग २ अंकको अग्रता लिएको छ ।
बुटवल ७ अंकसहित तालिकाको सातौं स्थानमा झरेको छ ।
मंगलबार नै दशरथ रंगशालामा भएको पहिलो खेलमा स्पोर्टिङ इलामले ललितपुर सिटीलाई हरायो । इलामले ललितपुरलाई १–० गोल अन्तरले हराएको हो । इलामका लागि खेलको ५९ औँ मिनेटमा फाडे कामाराले विजयी गोल गरे ।
जारी लिगमा ललितपुर सिटी एफसीको यो पहिलो हार हो ।
यससँगै ललितपुर ७ खेलबाट १० अंकसहित तालिकाको तेस्रो स्थानमा यथावत् रह्यो । इलामले ८ खेलबाट ८ अंक जोडेर तालिकाको पाँचौं स्थानमा उक्लियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया