भारतले जित्यो दक्षिण अफ्रिकाविरुद्धको एकदिवसीय सिरिज
काठमाडौँ- पाहुना टोली भारतले दक्षिण अफ्रिकाविरुद्धको ३ खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिज २-१ ले जितेको छ ।
बिहीबार राति दक्षिण अफ्रिकाको पार्लमा सम्पन्न तेस्रो तथा अन्तिम खेल ७८ रनले जित्दै भारतले सिरिज आफ्नो पक्षमा पारेको हो । यसअघि दुवै टोलीले एक-एक खेल जितेका थिए ।
बिहीबार राति भारतले दिएको २ सय ९७ रनको लक्ष्य पछ्याउने क्रममा दक्षिण अफ्रिकाले ४५ ओभर ५ बलमा सबै विकेट गुमाएर २ सय १८ रन मात्र बनाउन सक्यो ।
दक्षिण अफ्रिकाका लागि टोनी डी जोर्जीले सर्वाधिक ८१ रन बनाएपनि जितका लागि पर्याप्त भएन । भारतका लागि अर्शदीप सिंहले सर्वाधिक ४ विकेट हात पारे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ९६ रन जोड्यो । भारतका लागि सन्जु सामसनले १ सय ८ रनको शतकीय इनिङ्स खेले । तिलक वर्माले ५२ रन बनाए ।
दक्षिण अफ्रिकाका लागि बेउरान हेन्ड्रिक्सले ३ तथा नान्द्रे बर्गरले २ विकेट लिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया