महिला राष्ट्रिय क्रिकेटः कोशी र गण्डकी प्रदेश विजयी
काठमाडौँ- काठमाडौँमा जारी पीएम कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा शुक्रबार गण्डकी र कोशी प्रदेशले जित हात पारेका छन् ।
मूलपानी क्रिकेट मैदानमा भएको खेलमा गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई ४४ रनले पराजित गर्यो । प्रतियोगितामा गण्डकीको दुई खेलमा पहिलो जित हो भने कर्णालीले दुवै खेलमा पराजय भोगेको हो ।
शुक्रबार गण्डकीले दिएको १ सय ४२ रनको लक्ष्य पछ्याएको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ९७ रनमात्र जोड्न सक्यो । कर्णालीका लागि गौरी बोहराले सर्वाधिक २६ रनको योगदान गरिन् ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको गण्डकीले अन्जली विश्वकर्माको ५१ रन तथा ज्योत्सनिका मरासिनीको ५० रनको मदतमा ६ विकेट गुमाउँदै १ सय ४१ रन जोड्यो । कर्णालीका लागि यमुना थारु र अन्जु गुरुङले समान २-२ विकेट हात पारे ।
यता त्रिवि क्रिकेट मैदानमा भएको खेलमा कोशी प्रदेशले बागमती प्रदेशलाई ८ विकेटले हरायो । जितका लागि चाहिउको ८८ रनको लक्ष्य कोशीले १८ ओभर १ बलमा २ विकेट गुमाएर पूरा गर्यो ।
कोशीको जितमा काजल श्रेष्ठ र अप्सरी बेगमले समान ४१-४१ रनको योगदान गरे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बागमतीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ८७ रन जोड्यो । बागमतीका लागि यशोदा बिष्टले ४१ रनको योगदान गरिन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया