नेपालमा पिकलबल अन्तर्राष्ट्रिय प्रतियोगिता हुने
काठमाडौँ- पिकलबल एसोसियसन नेपालले आगामी फागुनमा नेपाल अन्तर्राष्ट्रिय खुल्ला पिकलबल प्रतियोगिता गर्ने भएको छ ।
संघले पत्रकार सम्मेलनमार्फत प्रतियोगिता सातदोबाटो स्थित टेनिस कोर्टमा फागुन २५ र २६ मा आयोजना हुने जानकारी गराएको हो ।
प्रतियोगितामा नेपालसहित भारत, थाइल्याण्ड, बेलायत,स्पेन र अमेरिकाका गरी १ सय २० खेलाडीको सहभागिता रहने छ ।
प्रतियोगिताका खेल व्यवस्थापक ज्याक्सन सुवेदीले एमेच्योर, इन्टरमेडिड, एडभान्समा महिला/पुरूष १९ वर्ष, ३५ वर्ष माथि, ५० वर्ष र ६० वर्ष माथि अलग अलग प्रतिस्पर्धा हुने जनाए ।
महिला/पुरुष सिंगल, डबल्स, मिक्स डबल्समा २ सय १६ पदकको लागि प्रतिस्पर्धा हुनेछ भने प्रतियोगितामा भाग लिने खेलाडीका लागि दर्ता खुला गरिएको आयोजकले जनाएको छ ।
संघका अध्यक्ष सौरभ भण्डारीले पिकलबल नेपालमा नयाँ खेल भए पनि छोटो समयमा खेल विस्तारमा ठूलो सफलता हासिल भएको बताए ।
अध्यक्ष भण्डारीले भविष्यमा सगरमाथाको आधार शिविरमा प्रतियोगिताको आयोजना गरेर पिकलबलको माध्यमबाट नेपाललाई चिनाउँदै पर्यटन प्रबर्द्धन गर्ने योजना रहेको बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया