एपीएफको विजयी यात्रा जारी, कर्णालीले चौथोँ खेल हार्दा मधेशको पहिलो जित
काठमाडौँ- पीएम कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल एपीएफ क्लबले लगातार चौथोँ जित हात पार्दा मधेश प्रदेशले पहिलो जित दर्ता गरेको छ ।
एपीएफले लगातार चौँथोँ जित हात पार्ने क्रममा सोमबार कोशी प्रदेशलाई ८ विकेटले पराजित गर्यो । कोशीको भने यो चार खेलमा पहिलो पराजय हो ।
मुलपानी क्रिकेट मैदानमा सोमबार भएको खेलमा ८५ रनको लक्ष्य एपीएफले १७ ओभर ३ बलमा २ विकेट गुमाएर पूरा गर्यो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कोशीले निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा ८४ रन बनायो ।
यता, कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिम प्रदेशले बागमती प्रदेशलाई ६ विकेटले पराजित गर्दै चार खेलमा तेस्रो जित दर्ता गरेको छ ।
सुदूरपश्चिमले ८८ रनको लक्ष्य १९ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । यसअघि बागमतीले ८ विकेटको क्षतिमा ८७ रन जोड्यो ।
त्यसैगरी, मुलपानी मैदानमै सोमबार बिहान भएको खेलमा मधेशले गण्डकी प्रदेशलाई २७ रनले पराजित गर्दै चार खेलमा पहिलो जित दर्ता गर्यो । गण्डकीको भने यो तेस्रो पराजय हो ।
सोमबारको खेलमा १ सय १३ रनको लक्ष्य पछ्याएको गण्डकीले १९ ओभर ४ बलमा अलआउट हुँदै केवल ८५ रन बनाउन सक्यो । यसअघि मधेशले ७ विकेट गुमाएर १ सय १२ रन बनाएको थियो ।
अर्कोतर्फ कीर्तिपुरमा लुम्बिनी प्रदेशले कर्णाली प्रदेशलाई ३० रनले पराजित गर्दै चार खेलमा दोस्रो जित हात पार्यो । कर्णालीको भने यो लगातार चौँथोँ पराजय हो ।
सोमबारको खेलमा लुम्बिनीले दिएको १ सय ३४ रनको लक्ष्य पछ्याएको कर्णालीले ७ विकेटको क्षतिमा १ सय ३ रनमात्र बनाउन सक्यो ।
यसअघि लुम्बिनीले ५ विकेटको क्षतिमा १ सय ३३ रन जोडेको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया