महिला राष्ट्रिय क्रिकेटः कर्णालीलाई हराउँदै एपीएफ प्लेअफमा, कोशीको चौँथोँ जित
तस्बिरः क्यान
काठमाडौँ- पीएम कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल एपीएफ क्लबले लगातार पाँच जित हात पार्दै प्लेअफमा पुगेको छ ।
बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कर्णाली प्रदेशलाई ९२ रनले पराजित गर्दै एपीएफ प्लेअफमा पुगेको हो । एपीएफले लगातार पाँच खेल जितेको हो । यता कर्णालीको यो लगातार पाँचौँ पराजय हो ।
जितका लागि १ सय ६१ रनको लक्ष्य पछ्याएको कर्णालीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ६८ रनमात्र बनाउन सक्यो ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा २ विकेट गुमाएर १ सय ६० रन जोड्यो । एपीएफका लागि राजमती ऐरीले २ छक्का र ९ चौकाको मदतमा ५५ बल खेल्दै ६७ रन बनाइन् । ममता चौधरीले ६२ रनको योगदान गरिन् ।
मूलपानी क्रिकेट मैदानमा भएको खेलमा भने कोशी प्रदेशले गण्डकी प्रदेशलाई ५५ रनले पराजित गर्यो । कोशीको यो पाँच खेलमा चौँथोँ जित हो । गण्डकीको भने यो चौँथोँ पराजय हो ।
बुधबारको खेलमा १ सय ४ रनको लक्ष्य पछ्याएको गण्डकीले १५ ओभरमा सबै विकेट गुमाएर ४८ रनमात्र बनायो ।
यसअघि टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको कोशीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ३ रनको योगफल तयार पार्यो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया