खेलकुद

पाँचौँ राष्ट्रिय स्की प्रतियोगिता मुस्ताङको मुक्तिनाथ क्षेत्रमा हुने

इकागज |
पुस १३, २०८० शुक्रबार १६:३८ बजे

काठमाडौँ- पाँचौँ राष्ट्रिय स्की प्रतियोगिता मुस्ताङको मुक्तिनाथ क्षेत्रमा हुने भएको छ ।

आयोजक नेपाल स्की संघले शुक्रबार पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिता माघको दोस्रो साता मुक्तिनाथ क्षेत्रमा आयोजना गरिने जानकारी गराएको हो ।


प्रतियोगितामा अल्पाइनको जायन्ट स्लालम विधामा प्रतिस्पर्धा हुने र त्यसमा पुरुष तथा महिलाको प्रतिस्पर्धा समावेश गरिएको आयोजकले जनाएको छ ।

मुक्तिनाथमै प्रतियोगिताका लागि आयोजना हुने प्रशिक्षणमा ५० जनाको सहभागिता हुनेछ । त्यसमध्ये उत्कृष्ट हुने खेलाडीले राष्ट्रिय प्रतियोगितामा सहभागिता गराइने छ ।

प्रतियोगिताका विजेता खेलाडीलाई पदक र प्रमाणपत्र प्रदान गरिनेछ । विजयी खेलाडीलाई थप प्रशिक्षण प्रदान गरेर अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता गराइनेछ ।

यो प्रतियोगितामा नेपाल ओलम्पिक कमिटी, राष्ट्रिय खेलकुद परिषद, गण्डकी खेलकुद परिषद र नेपाल पयर्टन बोर्डको साथ रहने छ । यसैगरि मनकामना केबल कार र पोडवे नेपालले प्रायोजन गर्ने भएको छ ।

सन् २०२४ को जनवरी–फेब्रवरीमा दक्षिण कोरियाको गाङवनमा हुने युथ ओलम्पिक्सका लागि नेपालका तर्फबाट छनोटका भएका छोवाङ मिन्गुर तामाङ र लक्ष्मी राईले सहभागिता जनाउने आयोजकले जनाएको छ ।

तामाङ र राईले पनि अल्पाइन जायन्ट स्लालामै सहभागिता जनाउने छन् ।


Author

थप समाचार
x