बस दुर्घटनामा उसु खेलाडीको मृत्यु
सांकेतिक तस्बिर
धनगढी- बस दुर्घटनामा धनगढी जुगेडाकी एक उसु खेलाडीको मृत्यु भएको छ । हेटौंडास्थित मकवानपुरमा आयोजित अन्तर प्रदेश स्तरीय उसु प्रतियोगितामा सहभागी भएर धनगढी फर्किने क्रममा धनगढी १२ जुगेडाकी १८ वर्षीया निता खड्काको मृत्यु भएको हो ।
कपिलवस्तुको चन्द्रौटाबाट करिब १५ किमी पश्चिमस्थित चोरखोलामा राति एक बजे उसु खेलाडीहरू चढेको सुप यातायात सुप यातायातको ३३९२ नम्बरको बसलाई ट्रकले ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट घाइते भएकी खड्कालाई उपचारका लागि तत्काल बुटवलस्थित लुम्बिनी प्रदेश अस्पताल लगिएको थियो ।
जहाँ उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए । यस्तै दुर्घटनामा १२ जना घाइते भएका छन् । बसमा सवार अन्य खेलाडीहरू पुष्पा कुँवर, सपना तामाङ, सृजना विसी, मुकेश कार्की, अस्मिता गाहामगर, अभी महतो, हरिचन्द्र कार्की, दिपक चौधरी र ज्ञानु विक तथा निर्णायकहरू खुशीराम चौधरी, राजीव गुप्ता र एलिसा खाती घाइते भई उपचाररत रहेका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया