एकदिवसीय क्रिकेटबाट सन्यास लिने अस्ट्रेलियन ब्याटर वार्नरको घोषणा
काठमाडौँ- अस्ट्रेलियाका ओपनिङ ब्याट्सम्यान डेभिड वार्नरले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् ।
वार्नरले सोमबार एकदिवसीय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका बीबीसीले जनाएको छ ।
३७ वर्षीय वार्नरले यसअघि पाकिस्तानविरुद्धको टेस्ट सिरिजपछि टेस्ट क्रिकेटबाट सन्यास लिने घोषणा गरेका थिए । तर उनले सोमबार एकदिवसीय क्रिकेटबाट पनि सन्यास लिने निर्णय गरेका हुन् ।
गत वर्ष भारतमा सम्पन्न आईसीसी एकदिवसीय क्रिकेट विश्वकपको उपाधि अस्ट्रेलियाले जित्दा वार्नर टिमका प्रमुख खेलाडीमध्येका एक थिए ।
वार्नरले १ सय ६१ एकदिवसीय खेल्दा २२ शतकको मदतमा ६ हजार ९ सय ३२ रन जोडेका छन् ।
वार्नरले बुधबार देखि पाकिस्तानविरुद्ध सुरु हुने टेस्ट खेल्नेछन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया