दुईपटककी विम्बल्डन विजेता भिटोभा भइन् गर्भवती
काठमाडौँ- दुईपटककी विल्डन विजेता टेनिस खेलाडी पेट्रा भिटोभा गर्भवती भएकी छन् ।
विश्व वरीयताको १७ औँ स्थानमा रहेकी चेक रिपब्लिकन खेलाडी भिटोभाले नयाँ वर्षको पहिलो दिन नै आफू गर्भवती भएको खुलासा गरेकी हुन् ।
३३ वर्षीया भिटोभाले सन् २०२३ मै आफ्ना प्रशिक्षक जिरि भानेकसँग विवाह गरेकी थिइन् ।
भिटोभाले यस वर्षको पहिलो ग्रान्ड स्लाम प्रतियोगिताको रुपमा अस्ट्रेलियन ओपनका लागि नाम दर्ता गराएकी थिइन् । तर गर्भवती भएपछि भिटोभाले अस्ट्रेलियन ओपन गुमाउने भएकी छन् ।
सन् २०११ र २०१४ मा विम्बल्डन जितेकी भिटोभाले गत अक्टोबरमा चाइना ओपनमा सहभागिता जनाएकी थिइन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया