खेलकुद

खेल खेल्न अरूलाई पनि प्रेरित गर्नुस् : मेयर बालेन

इकागज |
पुस १७, २०८० मंगलबार १३:४७ बजे

फाइल तस्बिर

काठमाडौँ- तीन दिने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजबाट सुरू भएको छ । काठमाडौँको दशरथ रंगशालामा आजबाट तीन दिने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरू भएको हो ।

प्रतियोगितामा करिब ३२ सय जना विद्यार्थीहरूले सहभागीता जनाएको काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)ले बताए । उनले यो संख्यालाई आगामी दिनमा बढाएर १० हजारले भाग लिनसक्ने आकर्षण बिन्दु बनाउन विद्यार्थीहरूलाई आग्रह गरे ।


उनले मेडल ल्याउनु ठूलो कुरा नभएको भन्दै अरूलाई पनि इन्स्पायर बनएर आफूसँगै खेल्ने बनाउनु ठूलो कुरा रहेको बताए ।

‘आजबाट सुरू हुने तीन दिने राष्ट्रपति रनिङ शिल्डमा अहिले ३२ सय जना विद्यार्थीहरूले भाग लिनुभएको छ । आगामी दिनमा बढाएर विस्तारै ५ हजार १० हजारले भाग लिनुहोस् । मेडल ल्याउनु ठूलो कुरा होइन, अरूलाई पनि इन्स्पायर बनएर आफूसँगै खेल्ने बनाउनु ठूलो कुरा हो' मेयर बालेनले भने 'भोलिका दिनमा वर्ल्डकप ल्याउनुस्, ओलम्पिक जित्नुस् भनेर म भन्दिनँ । त्यो प्रेसर दिन चाहन्‍नँ । तपाईंहरूले आफूसँगै अरूलाई इन्स्पायर गर्नुस् ।’

मेयर साहले वल्र्डकप र ओलम्पिक जित्नुस् भन्ने दबाब आफूले नदिने बरू आफूसँगै अरुलाई पनि खेल्न प्रेरित गर्न आग्रह गरे । 


Author

थप समाचार
x