खेलकुद

अफ्रिदीले अस्ट्रेलियाविरुद्धको तेस्रो टेस्ट खेल गुमाउने, आयुबले डेब्यु गर्दै

इकागज |
पुस १७, २०८० मंगलबार १५:४७ बजे

काठमाडौँ- पाकिस्तान क्रिकेट टिमका उप-कप्तान शाहिन शाह अफ्रिदीले घरेलु टोली अस्ट्रेलियाविरुद्धको अन्तिम तथा तेस्रो टेस्ट क्रिकेट खेल गुमाउने भएका छन् ।

'वर्क-लोड' कम गर्न अफ्रिदीलाई अस्ट्रेलियाविरुद्धको अन्तिम खेलका लागि प्लेइङ-११ मा नराखिएको पाकिस्तान क्रिकेट टिमले जनाएको क्रिकइन्फोले उल्लेख गरेको छ ।


यता ओपनर इमाम-उल-हकले पनि अस्ट्रेलियाविरुद्धको अन्तिम खेल गुमाउने भएका छन् । उनको स्थानमा साइम आयुबले पाकिस्तानी टिममा डेब्यु गर्ने भएका छन् ।

२१ वर्षीय आयुबले केवल १४ वटा फस्ट क्लब क्रिकेट खेल खेलेका छन् । उनले ८ वटा टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेल खेलेका छन् ।

अर्कोतर्फ पाकिस्तान र अस्ट्रेलियाबीचको अन्तिम खेल भने अस्ट्रेलियन ओपनर ब्याटर डेभिड वार्नरका लागि अन्तिम टेस्ट पनि हो । अस्ट्रेलियाले भने सिरिज २-० ले जितिसकेको छ ।


Author

थप समाचार
x