जो ‘संकट’ मा पनि पराजित हुँदैन्
काठमाडौं : प्रिमियर लिगमा आईतबार लेस्टर सिटीकाविरुद्ध उत्रिदा लिभरपुलसँग मोहम्मद सलाह लगायतका मुख्य खेलाडीहरू थिएनन् । पछिल्ला साताहरूमा पहिलो रोजाईका धेरै खेलाडीहरूले चोट बोकेपछि लिभरपुल कमजोर भएको आकलन गरियो । अझ र्योगेन क्लप नेतृत्वको टीम संकटमा परेको समेत भनियो ।
तर, एनफिल्डमा भएको खेलमा लिभरपुल कुनै कोणबाट कमजोर देखिएन । आफ्नो पूर्व प्रशिक्षकको टीमलाई हराउन लिभरपुलले धेरै मेहेनत पनि गर्नुपरेन । खेलको २१ औँ मिनेटमा लेस्टरका रक्षक जोनी इभान्सले आत्मघाती गोल गर्दै लिभरपुललाई अग्रता लिन सहयोग गरे । त्यस्तै डिएगो जोटा र रोर्बटो फिरमिन्होले एक-एक गोल गर्दै लिभरपुललाई सहज जित दिलाए ।
संकटमा रहेको भनिएको लिभरपुलले लिगको चौथो स्थानमा रहेको प्रतिद्वन्द्वीलाई सहज रूपमा हराउनुले के सन्देश दियो त ? सन्देश भनेको, गत सिजन लिग उपाधी जितेको लिभरपुल यसपटक पनि उही लयमा छ भन्ने नै हो । लेस्टरविरुद्धको खेलमा लिभरपुलका पहिलो रोजाईका तीन रक्षक अनुपस्थित थिए । त्यस्तै कप्तान र्जोडन हेन्डरसन सहित प्रभावशाली मिडफिल्डर थियागो पनि पहिलो टीमबाट बहिरै रहे । सलाह सहित धेरै प्रमुख खेलाडीहरू अनुपस्थित रहेको अवस्थामा पनि बलियो लयमा रहेको लेस्टरको सामना गर्दा लिभरपुल प्रत्येक विभागमा बलियो देखियो । लिभरपुल जितसँगै अंक तालिकाको दोस्रो स्थानमा उक्लियो । जारी लिगमा एक खेलमा मात्र पराजय भोगेको लिभरपुलले नौ खेलबाट २० अंक बटुलेको छ । समान अंक रहेको टोटेनहम गोल भिन्नताका आधारमा लिगको शीर्षस्थानमा छ ।
लेस्टरलाई पराजित गर्दा लिभरपुलले घरेलु मैदानमा लगातार ६४ खेलमा अपराजित रहेको नयाँ रेर्कड कायम गर्यो । लिभरपुलले एनफिल्डमा भोगेको पछिल्लो हार सम्झिन सन् २०१७ तर्फ फर्कनु पर्नेहुन्छ । त्यसबेला क्रिस्टल प्यालेसले मर्सिसाईड टोलीलाई २-१ ले पराजित गरेको थियो । त्यो पराजयबाट लिभरपुल धेरै टाढा आईसकेको छ । अहिलेको लिभरपुल टीम फरक छ । कमसेकम मानसिक रुपमा । लेस्टरलाई पराजित गरेर लिभरपुलले यस पटक पनि आफु लिग जित्नका लागि योग्य रहेको जनाउ दिएको छ । यस सिजन आर्सनल र म्यानचेस्टर सिटी जस्ता टीमलाई हराएको लेस्टरलाई पाखा लगाउँदा लिभरपुल मानसिकरूपमा थप बलियो बनेको छ ।
वुल्भरह्याम्पटनबाट यसै सिजन लिभरपुल आईपुगेका जोटा क्लपका लागि बलियो हतियार बनेका छन् । र्पोचुगिज जोटाले घरेलु मैदानमा लिभरपुलका लागि चार खेल खेल्दै चार गोल गरिसकेका छन् । लिभरपुलको इतिहासमा यसअघि कसैले पनि घरेलु मैदानमा सुरुवाती चार खेलमा चार गोल गर्न सकेको थिएन ।
त्यसो त लिभरपुलले गत सिजन पनि लेस्टरलाई दुबै खेलमा पराजित गरेको थियो । यसपटक पनि आफ्नो टीम लिभरपुलका अगाडि टिक्न नसकेकोमा लेस्टरका प्रशिक्षका धेरै खिन्न देखिएनन् । ‘खेल हामी भन्दा बलियो टीमले जित्यो,’ खेलपछि रोर्जसको स्विकारोत्ती थियो ।
खेलको नतिजामा पहिलो हाफको ठूलो भूमिका रह्यो । लेस्टरका रक्षक ईभान्सको आत्मघाती गोलले अघि बढेको लिभरपुललाई जोटाले झन बलियो बनाए । एन्डी रोर्बटसनको क्रसमा जोटाले सुन्दर हेडर गोल गर्दै लिभरपुललाई खेलमा बलियो अवस्थामा पुर्याए ।
वुल्भरह्याम्पटनबाट यसै सिजन लिभरपुल आईपुगेका जोटा क्लपका लागि बलियो हतियार बनेका छन् । र्पोचुगिज जोटाले घरेलु मैदानमा लिभरपुलका लागि चार खेल खेल्दै चार गोल गरिसकेका छन् । लिभरपुलको इतिहासमा यसअघि कसैले पनि घरेलु मैदानमा सुरुवाती चार खेलमा चार गोल गर्न सकेको थिएन । रोचक के छ भने, जोटाले जारी सिजनमा म्यानचेस्टर युनाईटेडले भन्दा धेरै ‘होम गोल ’ गरेका छन् । सलाहको अनुपस्थितीमा खेल्ने मौका पाएका जोटाले उनका प्रशिक्षकलाई निराश तुल्याएनन् । उनी लेस्टर विरुद्ध ८९ मिनेट मैदानमा रहदाँ म्यान अफ दि म्याच पनि चुनिए ।
जोटासँगै मौका पाउने अर्का खेलाडी थिए, कर्टिस जोन्स । लिभरपुल एकेडेमीका उत्पादन १९-वर्षिय जोन्सले मिडफिल्डमा लोभलाग्दो प्रर्दशन गरे । आईतबारको खेल जोन्सका लागि जारी प्रिमियर लिग सिजनमा उनले पाएको तेस्रो मौका थियो । उमेरमा युवा भएपनि उनले लिभरपुलको सिनियर टीममा मौका पाउँदा, परिपक्व प्रदर्शन गर्ने गरेका छन् । लेस्टरको विरुद्ध यूवा जोन्सले मात्र होईन, पाका जेम्स मिल्नरले पनि उक्तिकै उर्जावान खेल देखाए । खेलको सुरुवातमा राईट ब्याकको भूमिकामा देखिएका मिल्नर दोस्रो हाफमा मिडफिल्डमा सरुवा भए । उनले प्रहार गरेको कर्नरमा लिभरपुलले दुई गोल गर्यो । जसले मिल्नर कती उपयोगी छन् भन्ने देखाएको छ ।
केही वर्षअघि जर्मनीबाट लिभरपुल आएका नेबी केइटाले चोटका कारण भने जस्तो खेल्ने मौका र प्रर्दशन गर्न सकिरहेका छैनन् । करिब ६ हप्ता मैदान बाहिर रहेको केइटालाई प्रशिक्षक क्लपले आइतबार मौका दिए । तर उनी ५३ औं मिनेटमा घाइते हुँदै मैदान छाडे । उनको चोटले लिभरपुलको मिडफिल्डमा खेलाडी अभाव हुने देखिएको छ ।
पछिल्ला साताहरूमा अपेक्षित प्रर्दशन गर्न नसकिरहेको भनेर आलोचना खेपिरहेका फिरमिन्होले लिभरपुलको जितमा तेस्रो गोल गरे । लेस्टरविरुद्ध उनले सुधारिएको प्रदर्शन गरे । उनले आउँदा खेलहरूमा स्वभाविक लय समात्ने हो भने घाइते खेलाडीहरूको संख्या बढेकाले रन्थनिएका क्लपले राहत महसुस गर्नेछन् ।
हो, प्रभावशाली प्रर्दशन गरिरहेका खेलाडीहरू घाइते हुने क्रम बढेपछि लिभरपुल संकटमा परेको भन्ने धारणा व्यक्त गर्नु स्वभाविक हो । तर लिभरपुलले आफुलाई पछिल्ला वर्षहरूमा परिवर्तन गरेको छ । क्लपले लिभरपुलको टीममा जोटा जस्ता खेलाडी थपेका छन् । साथै पहिलेदेखि भएका खेलाडीहरूलाई मानसिक रुपमा बलियो बनाएका छन् । त्यसकारण पनि, लिभरपुलका बारेमा अनुमान गर्न सजिलो छैन । (अन्तर्राष्टिय सञ्चार माध्यमहरुको सहयोगमा)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया