खेलकुद

बर्न्सको शतकले पनि सम्हालिएन इंगल्यान्ड, २७५ रनमा अलआउट

इकागज |
जेठ २३, २०७८ आइतबार ७:१० बजे

फाइल फोटो

काठमाडौँ : ओपनर ब्याट्सम्यान रोरी बर्न्सले शतक प्रहार गरेपनि इंगल्यान्ड न्यूजिल्यान्डसँगको पहिलो टेस्ट क्रिकेटको पहिलो पालीमा २७५ रनमा अलआउट भएको छ । विश्व टेस्ट च्याम्पियनसिपको फाइनल खेल्न लड्स पुगेको किवी टोलीसँग इंग्ल्याण्ड १०३ रनले पछि परेको हो । पहिलो पालीमा न्युजिल्यान्डले ३७८ रन बनाएको थियो । 

लर्डसमा चौथो दिनको खेल सकिदा इंगल्यान्डका ओपनर बर्न्सले शतक प्रहार गरे । अन्तिमसम्म क्रिजमा टिकेका बर्न्सले १३२ रनको महतत्वपूर्ण शतकीय इनिङ खेले । चौथो दिनको पहिलो सत्रमै कप्तान जोय रुट ४२ रनमा आउट भएपछि दबाबमा परेको इंगल्यान्डका लागि बर्न्सले एउटा इण्डमा टिकेर १६ चौका र १ छक्काको मद्दतमा १३२ रन बनाएका हुन् ।


उनी आउट भएसँगै इंगल्यान्ड २७५ रनमा अलआउट भएको थियो । ओली रोबिन्सनले पनि ४२ रन बनाए । शनिबार नै आफ्नो दोस्रो इनिङ थालेको न्यूजिल्यान्डले खराब प्रदर्शन गरेको छ । उसका महत्वपूर्ण डेब्यु ओपनर डेभोन कोनवे २३ रनमै आउट भएका छन् । पहिलो इनिङमा उनले दोहोरो शतक बनाएका थिए ।

२ विकेट गुमाएर ६२ रन बनाएको न्यूजिल्यान्डले समग्रमा १६५ रनको अग्रता लिएको छ । अन्तिम दिन नतिजा आउने सम्भावना कम रहेकाले पहिलो टेस्ट बराबरीउन्मुख छ । 


 


Author

थप समाचार
x