खेलकुद

राष्ट्रिय महिला टिमका खेलाडीलाई फुटबल बुट सहयोग

इकागज |
पुस २३, २०८० सोमबार १६:४७ बजे

राष्ट्रिय महिला टिमका खेलाडीलाई फुटबल बुट सहयोग

काठमाडौँ- जापानमा रहेको नेपाली फुटबल क्लब डायमन्ड नारिताले नेपाली राष्ट्रिय महिला फुटबल टिमका खेलाडीलाई फुटबल बुट सहयोग गरेको छ ।


डायमन्ड नारिताले सोमबार फुटबल टिमका सदस्यहरूलाई बुट सहयोग गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

डायमन्ड नारिताका कार्यक्रम संयोजक सुरेश लिम्बु तथा एन्फाका अध्यक्ष पंकज विक्रम नेम्बाङ, उपाध्यक्ष दावा लामा, महासचिव किरण राई तथा सदस्य र महिला समितिका संयोजक सरिला श्रेष्ठ मलेकुले खेलाडीलाई बुट हस्तान्तरण गरेका हुन् ।


Author

थप समाचार
x