जर्मनीका महान फुटबलर फ्रान्ज बेकेनबरको निधन
काठमाडौँ- जर्मनीका महान फुटबल खेलाडी फ्रान्ज बेकेनबरको निधन भएको छ । बेकेनबरको ७८ वर्षको उमेरमा निधन भएको बीबीसीले जनाएको छ ।
बेकेनबरले सन् १९७४ मा वेस्ट जर्मनीलाई खेलाडीको रुपमा फिफा विश्वकप फुटबलको उपाधि दिलाएका थिए भने सन् १९९० मा प्रशिक्षकको रुपमा पुनः वेस्ट जर्मनीलाई विश्वकपको उपाधि जिताए ।
खासगरी डिफेन्डरको रुपमा खेलेका बेकेनबरले जर्मन क्लब बायर्न म्युनिखका लागि ५ सय ८२ खेल खेलेका थिए । उनले बार्यन म्युनिखलाई पनि खेलाडी र प्रशिक्षकको रुपमा जर्मनीको ठूला प्रतियोगिताको उपाधि दिलाए ।
सन् १९७२ मा खेलाडीको रुपमा युरोपियन च्याम्पियनसीप जितेका बेकेनबरले दुईपटक बालोन डी'ओर हात पारेका थिए ।
सन् १९६६ को विश्वकपमा २० वर्षकै उमेरमा गोल गरेका बेकेनबर विश्वकपको उत्कृष्ट युवा खेलाडी घोषित भएका थिए ।
वेस्ट जर्मनीका लागि १ सय ३ खेल खेलेका बेकेनबर खेलाडी र प्रशिक्षकको रुपमा विश्वकप जित्ने तीन व्यक्ति मध्ये एक हुन् ।
ब्राजिलका मारियो जागालो र फ्रान्स डिडियर डेसचाम्पले पनि खेलाडी र प्रशिक्षकको रुपमा विश्वकप जितेका छन् ।
मारियोको भने गत हप्ता ९२ वर्षको उमेरमा निधन भएको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया