टोटेनहमले भित्र्यायो जर्मन फरवार्ड टिमो वेर्नर
काठमाडौँ- इंग्लिस फुटबल क्लब टोटेनहमले जर्मन फरवार्ड टिमो वेर्नरलाई भित्र्याएको छ । टोटेनहमले टिमोलाई जर्मन क्लब आरबी लाइपजिगबाट लोनमा भित्र्याएको बीबीसीले जनाएको छ ।
टोटेनहमले २७ वर्षीय टिमोलाई स्थायी रुपमा राख्ने विकल्प पनि राखेको छ ।
दक्षिण कोरियन फरवार्ड सन हेउङ-मिन एसियन कपमा व्यस्त हुने तथा जेम्स म्याडिसन घाइते भएका कारण टोटेनहमले टिमोलाई भित्र्याएको हो ।
टिमोले यसअघि सन् २०२० देखि २०२२ सम्म इंग्लिस क्लब चेल्सीका लागि समेत खेलेका थिए । उनले चेल्सीका लागि ८९ खेलमा २३ गोल समेत गरेका थिए ।
सन् २०२२ मा लाइपजिगमा आवद्ध भएका टिमोले जारी सिजनमा १४ खेल खेल्दै २ गोल गरेका छन् ।
उनले जर्मनीका लागि ५७ खेल खेलेका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया