खेलकुद

बार्सिलोना स्पेनिस सुपर कपको फाइनलमा

इकागज |
पुस २७, २०८० शुक्रबार ११:५५ बजे

काठमाडौँ- बार्सिलोनाले स्पेनिस सुपर कप फुटबल प्रतियोगिताको फाइनलमा स्थान सुरक्षित गरेको छ ।

साउदी अरेबियामा बिहीबार राति भएको प्रतियोगिताको सेमिफाइनल खेलमा ओसासुनालाई २-० गोलअन्तरले पराजित गर्दै बार्सिलोना फाइनलमा पुगेको हो ।


बार्सिलोनाले फाइनलमा अब रियल मड्रिडविरुद्ध खेल्नेछ । फाइनल आइतबार हुने तालिका रहेको छ ।

बिहीबार राति बार्सिलोनालाई जित दिलाउन रोबर्ट लेवान्डोस्की र लामिन यमलले एक-एक गोल गरे ।

लेवान्डोस्कीले ५९ औँ मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए भने लामिनले दोस्रो हाफको इन्जुरी समयमा गोल गर्दै बार्सिलोनाको जित सुनिश्चित गरे ।

बार्सिलोनाले कीर्तिमान १४ पटक स्पेनिस सुपर कपको उपाधि हात पारिसकेको छ ।

बुधबार भएको पहिलो सेमिफाइनलमा भने रियल मड्रिडले भने रियल मड्रिडले भने एटलेटिको मड्रिडलाई ५-३ पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको थियो ।


Author

थप समाचार
x