खेलकुद

मधेश प्रदेशमा एन्फा फुटबल क्लिनिक

इकागज |
पुस २७, २०८० शुक्रबार १५:४९ बजे

काठमाडौँ- एएफसी ड्रिम एसिया फाउन्डेसन (एडीएएफ) को सहयोगमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले मधेश प्रदेशमा एन्फा फुटबल क्लिनिक संचालन भएको छ ।

क्लिनिककाे पहिलो चरणमा मधेश प्रदेशका करिब ४ सय छात्र र छात्राको सहभागिता रहेको एसियन फुटबल क्नफेडेरेसन (एएफसी) ले जनाएको छ ।


फुटबलको माध्यमबाट गरिब बालबालिकालाई समूह कार्य, खेल भावना, सरसफाइ, स्वास्थ्य, संचार, नेतृत्व, आत्मविश्वास तथा अन्य जीवनोपयोगी शिक्षा प्रदान गरिएका थियो ।

सहभागी छात्र छात्राहरु क्लिनिकसँगै शैक्षिक सत्रहरुमा समेत सहभागी भएका थिए ।

उनीहरूलाई खेलसँगै लैङ्गिक समानता र सामाजिक विकास जस्ता विषयमा शिक्षा प्रदान गरिएको थियो ।

सो क्लिनिक कर्णाली प्रदेशमा समेत संचालन हुनेछ । कर्णालीको कार्यक्रम भने फेब्रुअरी महिनामा संचालन हुनेछ ।


Author

थप समाचार
x