तीन ओभरमा ६ विकेट गुमाएपछि न्यूजिल्यान्डसँग हार्यो पाकिस्तान
काठमाडौँ- पाहुना टोली पाकिस्तानविरुद्धको पाँच खेलको टी-ट्वान्टी सिरिजको पहिलो खेलमा न्यूजिल्यान्डले रोमाञ्चक जित हात पारेको छ ।
शुक्रबार अकल्यान्डमा भएको खेलमा न्यूजिल्यान्डले पाकिस्तानलाई ४६ रनले पराजित गरेको हो । पाकिस्तानले अन्तिम ३ ओभरमा ६ विकेट गुमाएपछि न्यूजिल्यान्डले खेल आफ्नो पक्षमा पारेको हो ।
जितका लागि चाहिएको २ सय २७ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले १८ ओभरभित्रै सबै विकेट गुमाएर १ सय ८० रनमात्र बनाउन सक्यो ।
पाकिस्तानले १६ औँ, १७ औँ तथा १८ औँ ओभरमा समान २-२ विकेटका दरले ६ विकेट गुमाउन पुगेको थियो । पाकिस्तानका लागि बाबर आजमले सर्वाधिक ५७ रनको योगदान गरे ।
न्यूजिल्यान्डका टिम साउथीले सर्वाधिक ४ तथा एडम मिल्ने र बेन सियर्सले समान २-२ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको न्यूजिल्यान्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै २ सय २६ रन बनायो ।
न्यूजिल्यान्डका लागि डेरिल मिचेलले २७ बलमा समान ४ चौका र ४ छक्काको मदतमा सर्वाधिक ६१ रन बनाउँदा कप्तान केन विलियम्सनले ५७ रनको योगदान गरे ।
पाकिस्तानका लागि कप्तान शाहिन शाह अफ्रिदी र अब्बास अफ्रिदीले समान ३-३ तथा हरिस राउफले २ विकेट हात पारे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया