यू-१९ विश्वकप सुरु हुनै लाग्दा दक्षिण अफ्रिकाले किन खोस्यो डेभिडको कप्तानी पद ?
काठमाडौँ- दक्षिण अफ्रिकाले जनवरी १९ देखि फेब्रुअरी ११ तारिखसम्म आईसीसी यू-१९ पुरुष क्रिकेट विश्वकप आयोजना गर्दैछ ।
विश्वकपमा दक्षिण अफ्रिकासँगै नेपाल, अफगानिस्तान, अस्ट्रेलिया, बंगलादेश, इंग्ल्यान्ड, भारत, आयरल्यान्ड, पाकिस्तान, श्रीलंका, वेस्ट इन्डिज, जिम्बाब्वे, नामिबिया, न्यूजिल्यान्ड, स्कटल्यान्ड र अमेरिकाको सहभागिता रहेको छ ।
विश्वकप सुरु हुन केवल एक साता बाँकी छँदा आयोजक दक्षिण अफ्रिकाले भने डेभिड टिगरको कप्तानी पद खोसेको छ ।
क्रिकेट साउथ अफ्रिकाले जनाएअनुसार प्रतियोगिताका दौरान इजरायली र प्यालेस्टाइनसमर्थित समूहको द्वन्द्व रोक्न तथा खेलाडीको सुरक्षालाई ध्यानमा राखेर डेभिडको कप्तानी पद खोसिएको जनाएको क्रिकइन्फोले उल्लेख गरेको छ ।
खासमा प्यालेस्टाइनविरुद्ध इजरायलले जारी राखेको युद्धमा डेभिडले इजरायली सेनाको समर्थन गरेपछि उनलाई कप्तानबाट हटाइएको हो ।
क्रिकेट साउद अफ्रिकाले डेभिड र दक्षिण अफ्रिकाको यू-१९ टिमका खेलाडीको सुरक्षालाई ध्यानमा राख्दै उक्त निर्णय लिइएको जनाएको छ ।
डेभिड भने टिममै रहने छन् । नयाँ कप्तान भने तोकिएको छैन ।
समूह 'बी' मा रहेको दक्षिण अफ्रिकाले विश्वकपको पहिलो खेल वेस्ट इन्डिजविरुद्ध जनवरी १९ मा खेल्ने तालिका रहेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया