खेलकुद

माइनस ५५ डिग्री सेल्सियसमा म्याराथन, विजेताले भने : धन्न मर्नबाट बाँचेँ

इकागज |
पुस २८, २०८० शनिबार १५:२३ बजे

काठमाडौँ- विश्वकै सबैभन्दा चिसो म्याराथन शुक्रबार रुसको साइबेरियामा आयोजना गरिएको छ ।

हड्डी नै फुटाउने माइनस ५५ डिग्री सेल्सियस तापक्रममा आयोजना गरिएको म्याराथन (फ्रिजाथन) मा ३८ जनाको सहभागिता रहेको द मिररले जनाएको छ ।


विश्वकै सबैभन्दा बढी चिसो मानिएको उत्तरी ध्रुवको रूपमा रहेको साइबेरियाको ओयमयाकोन सहरमा आयोजना भएको म्याराथनको उपाधि एक २४ वर्षीय विद्यार्थी कोन्सटान्टिन ड्रागुनोभले जिते ।

२१ माइलको दूरी ड्रागनोभले ३ घण्टा र ७ मिनेटमा पूरा गर्दै उपाधि हात पारेका थिए ।

ओयमयाकोनकै याकुटिया क्षेत्रका ड्रागनोभले उपाधि जित्ने क्रममा आफू चिसोका कारण झन्डै मरेको प्रतिक्रिया दिए । 'धन्न मर्नबाट बाँचेँ,' उनले भने ।

हिउँका कारण ट्रयाक ढाकिएका कारण आफू हराउने अवस्थामा समेत पुगेको उनले दाबी गरे ।

ओयमयाकोनले आयोजकले सुरुवातमै दौडका क्रममा जेसुकै हुनसक्ने भन्दै चेतावनी दिएको तथा २१ माइलपछि आफू धन्नै मर्ने अवस्थामा पुगे पनि जित्न सफल भएको बताए ।

उनले उक्त जित हालसालै मृत्यु भएका आफ्ना हजुरबुवा सेमयोन ड्रागुनोभप्रति समर्पित गरे ।

महिलातर्फ भने याकुटियाकी नर्स याना इगोरोभा विजेता बनिन् । 


Author

थप समाचार
x