एसियन कपः अस्ट्रेलियाले भारतलाई हराउँदा, चीन र ताजकिस्तानले बराबरी खेले
काठमाडौँ- कतारमा जारी एएफसी एसियन कप फुटबल प्रतियोगिताअन्तर्गत अस्ट्रेलियाले जित हात पार्दा चीनले ताजकिस्तान तथा उज्बेकिस्तानले सिरियासँग अंक बाँडेका छन् ।
समूह 'बी' अन्तर्गत शनिबार राति अहमद बिन अली स्टेडियममा सम्पन्न खेलमा अस्ट्रेलियाले भारतलाई २-० गोलअन्तरले पराजित गर्यो ।
अस्ट्रेलियालाई प्रतियोगिताको पहिलो खेलमै जित दिलाउन ज्याक्सन एर्भिन र जोर्डन बोसले एक-एक गोल गरे ।
समूह 'बी' मै रहेका उज्बेकिस्तानले सिरियासँग भने गोलरहित बराबरी खेल्यो ।
यता समूह 'ए' मा चीनले ताजकिस्तानसँग गोलरहित बराबरी खेल्दै अंक बाँड्यो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया