न्यूकासललाई हराउँदै सिटी दोस्रो स्थानमा उक्लियो
काठमाडौँ- साविक विजेता म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगको दोस्रो स्थानमा उक्लिएको छ ।
शनिबार राति भएको खेलमा न्यूकासललाई ३-२ गोलअन्तरले पराजित गर्दै सिटी दोस्रो स्थानमा उक्लिएको हो ।
जितसँगै सिटीले २० खेलबाट ४३ अंक हात पारेको छ । शीर्ष स्थानको लिभरपुलको भने समान खेलमा ४५ अंक छ ।
यता २९ अंक जोडेको न्यूकासल भने १० औँ स्थानमा छ ।
शनिबार राति सिटीलाई जित दिलाउन बर्नार्डो सिल्भा, केभिन डी ब्रुएन र ओस्कार बबले एक-एक गोल गरे ।
न्यूकासलका लागि अलेक्जेन्डर इसाक र एन्थनी गोर्डोनले एक-एक गोल गरे ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया