एसियन कपः इरान, यूएई र जापान विजयी
काठमाडौँ- कतारमा जारी एएफसी एसियन कप फुटबल प्रतियोगितामा इरान, युनाइटेड अरब इमिरेट्स (यूएई) र जापानले विजयी सुरुवात गरेका छन् ।
आइतबार राति सम्पन्न समूह 'सी' को खेलमा इरानले प्यालेस्टाइनलाई ४-१ गोलअन्तरले पराजित गर्यो ।
प्यालेस्टाइनमाथि इरानलाई शानदार जित दिलाउन करिम अन्सारिफार्ड, शोजा खलिलजादेह, मेहदी घायेदी र सरदार अज्मोनले एक-एक गोल गरे । प्यालेस्टाइनका लागि तामेर सेयामले एक गोल फर्काए ।
समूह 'सी' अन्तर्गत नै यूएईले हङकङलाई ३-१ गोलअन्तरले पाखा लगायो । यूएईको जितमा सुल्तान आदिल, जायद सुल्तान र याह्या अल घसानीले एक-एक गोल गरे भने हङकङका लागि फिलिप चान सिउ क्वानले एक गोल फर्काए ।
त्यसैगरी, समूह 'डी' मा रहेको जापानले भियतनामलाई ४-२ गोलअन्तरले हरायो । जापानको जितमा ताकुमी मिनामिनोले २ तथा केइटो नाकामुरा र आयासे युएडाले एक-एक गोल गरे ।
भियतनामका लागि एनगुएन दिह बाक र फाम टुआन हाइले एक-एक गोल फर्काए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया