बार्सिलोनालाई हराउँदै रियल मड्रिडले जित्यो स्पेनिस सुपर कपको उपाधि
काठमाडौँ- बार्सिलोनालाई पराजित गर्दै रियल मड्रिडले स्पेनिस सुपर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
साउदी अरेबियाको अल-हिलाल स्टेडियममा आइतबार राति सम्पन्न फाइनलमा रियल मड्रिडले १० खेलाडीमा सिमित बार्सिलोनालाई ४-१ गोलअन्तरले पराजित गर्यो ।
रियल मड्रिडलाई उपाधि दिलाउन भिनिसियस जुनियरले ह्याट्रिक पूरा गर्दा रोड्रिगोले एक गोल गरे । बार्सिलोनाका लागि रोबर्ट लेवान्डोस्कीले एक गोल फर्काए ।
भिनिसियसले ७ औँ मिनेटमा गोल गर्दै रियल मड्रिडलाई अग्रता दिलाए भने १० औँ मिनेटमा पुनः गोल गर्दै २-० को अवस्थामा पुर्याए ।
तर बार्सिलोनाका रोबर्टोले ३३ औँ मिनेटमा गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काउने प्रयास गरे । तर ३९ औँ मिनेटमा भिनिसियसले पेनाल्टीमार्फत गोल गर्दै ह्याट्रिक पूरा गरे ।
त्यसपछि ६४ औँ मिनेटमा रोड्रिगोले गोल गर्दै रियल मड्रिडको जित सुनिश्चित गरे ।
७१ औँ मिनेटमा बार्सिलोनाका रोनाल्ड अराउजो रातो कार्ड खाँदै मैदान बाहिरिएपनि रियल मड्रिडले भने थप गोल गर्न सकेन ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया