खेलकुद

तीन विभागीय टिम, लगातार तीन शतक

इकागज |
माघ १, २०८० सोमबार १२:२८ बजे

तस्बिरः क्यान

काठमाडौँ- पीएम कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार तेस्रो दिन शतक प्रहार भएको छ । १० टिमको सहभागिता रहेको प्रतियोगितामा भने शतक प्रहार गर्ने तीनै जना खेलाडी विभागीय टिमका रहेका छन् ।

प्रतियोगिताको तेस्रो दिन विभागीय टोली त्रिभुवन आर्मी क्लबका कप्तान विनोद भण्डारीले शतक पूरा गरेका हुन् ।


कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी मधेश प्रदेशविरुद्धको खेलमा विनोदले शतक प्रहार गरे । विनोदले ८९ बलको सामना गर्दै ९ चौका र ४ छक्काको मदतमा शतक पूरा गरे ।

यसअघि नेपाल पुलिस क्लबका राशिद खानले प्रतियोगिताको पहिलो दिन बागमती प्रदेशविरुद्ध शतक पूरा गरेका थिए । राशिदले १ सय १२ बल खेल्दै ९ चौका र ६ छक्काको मदतमा अविजित १ सय ६ रन बनाएका थिए ।

त्यसैगरी, प्रतियोगिताको दोस्रो दिन नेपाल एपीएफ क्लबका सन्दीप जोराले शतक पूरा गरेका थिए । सन्दीपले पनि बागमती प्रदेशविरुद्ध नै शतक पूरा गरेका थिए ।

सन्दीपले बागमतीविरुद्ध १ सय १७ बलमा १ सय १२ रन बनाउँदा ७ चौका र ५ छक्का हिर्काए ।


Author

थप समाचार
x