खेलकुद

दुर्घटनामा परेका स्पेनिस मोटरसाइक्लिस्ट फाल्कोनको मृत्यु

इकागज |
माघ २, २०८० मंगलबार ११:४९ बजे

काठमाडौँ- दुर्घटनामा परेका स्पेनिस मोटरसाइक्लिस्ट कार्लेस फाल्कोनको मृत्यु भएको छ । ४५ वर्षीय फाल्कोनको सोमबार मृत्यु भएको बीबीसीले जनाएको छ ।

साउदी अरेबियाको डकार र्‍यालीका क्रममा गत जनवरी ७ तारिखमा दुर्घटनामा परेका फाल्कोन अस्पतालमा भर्ना भएका थिए ।


दुर्घटनामा गम्भीर चोट लागेका फाल्कोन कोमामा रहेका बीबीसीले जनाएको छ । तर दुर्घटनामा परेको एक हप्तापछि नै फाल्कोनको मृत्यु भएको हो ।

ट्विनट्रेल रेसिङ टिमले पनि फाल्कोनको मृत्यु भएको सामाजिक सञ्जालमार्फत जानकारी गराएको छ ।


Author

थप समाचार
x