राष्ट्रिय क्रिकेटः चौँथोँ दिन पनि शतक, पुलिसविरुद्ध कोशीका सुजन थपलियाले हिर्काए शतक
तस्बिरः क्यान
काठमाडौँ- पीएम कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत लगातार चौँथोँ दिन शतक प्रहार भएको छ ।
चौँथोँ दिन भने विभागीय टोली नेपाल पुलिस क्लबविरुद्ध शतक प्रहार भएको हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा पुलिसविरुद्ध कोशी प्रदेशका सुजन थपलियाले शतक प्रहार गरेका हुन् ।
सुजनले १ सय १९ बलमा ५ चौका र ८ छक्काको मदतमा शतक प्रहार गरेका हुन् ।
यसअघि तेस्रो दिन विभागीय टोली त्रिभुवन आर्मी क्लबका कप्तान विनोद भण्डारीले शतक पूरा गरेका थिए ।
विनोदले मधेश प्रदेशविरुद्धको खेलमा ८९ बलको सामना गर्दै ९ चौका र ४ छक्काको मदतमा शतक पूरा गरेका थिए ।
त्यसैगरी, प्रतियोगिताको दोस्रो दिन नेपाल एपीएफ क्लबका सन्दीप जोराले शतक पूरा गरेका थिए । सन्दीपले पनि बागमती प्रदेशविरुद्ध नै शतक पूरा गरेका थिए । सन्दीपले बागमतीविरुद्ध १ सय १७ बलमा १ सय १२ रन बनाउँदा ७ चौका र ५ छक्का हिर्काए ।
पहिलो दिन भने नेपाल पुलिस क्लबका राशिद खानले प्रतियोगिताको पहिलो दिन बागमती प्रदेशविरुद्ध शतक पूरा गरेका थिए । राशिदले १ सय १२ बल खेल्दै ९ चौका र ६ छक्काको मदतमा अविजित १ सय ६ रन बनाएका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया