खेलकुद

गाजामा बन्दी बनाइएकाको समर्थन गरेपछि टर्कीमा पक्राउ परेका इजरायली फुटबलर रिहा

इकागज |
माघ २, २०८० मंगलबार १३:४२ बजे

काठमाडौँ- गाजामा बन्दी बनाइएकाको समर्थन गरेपछि टर्कीमा पक्राउ परेका इजरायली फुटबल खेलाडी सागिभ जेहेजकेल रिहा भएका छन् ।

गत वर्ष अक्टोबर ७ मा हमासले इजरायलमाथि आक्रमण गर्नुका साथै कैयौँ मानिसलाई बन्दी समेत बनाएको थियो ।


हमासले इजरायलमाथि आक्रमण गरेको एक सय दिन पुगेपछि गत आइतबार टर्कीको शीर्ष डिभिजनको क्लबबाट खेलेका सागिभले मैदानमै गाजामा बन्दी बनाइएका इजरायली नागरिकको समर्थनमा सागिभले हातमा ब्यान्डेज बाँधेको सीएनएनले जनाएको छ ।

सागिभले मैदानमै गाजामा बन्दी बनाइएका इजरायलीको समर्थन गरेपछि उनी आबद्ध टर्किस क्लब एन्टाथायस्पोरले क्बलबाट बर्खास्त गरेको थियो ।

त्यसपछि उनलाई टर्कीको प्रहरीले केही समयका लागि पक्राउ समेत गरेको थियो । तर टर्कीको अदालतले सागिभलाई छाड्ने आदेश दिएपछि उनी रिहा भएका अल-जजिराले जनाएको छ ।

गत नोभेम्बरमै हमास र इजयरालबीच बन्दी आदानप्रदान गर्ने सम्झौता भएपछि हमासले एक सय भन्दा बढीलाई मुक्त गरेको थियो ।

तर इजरायलले दावी गरेअनुसार अझै पनि १ सय ७ जना हमासको नियन्त्रणमा रहेका छन् । साथै २५ जनाको शव पनि हमासकै नियन्त्रणमा रहेको इजरायलको दावी रहेको सीएनएनले उल्लेख गरेको छ ।


Author

थप समाचार
x