खेलकुद

एसियन कपः साउदी अरेबिया र थाइल्यान्डको जित

इकागज |
माघ ३, २०८० बुधबार १०:१ बजे

काठमाडौँ- कतारमा जारी एएफसी एसियन कप फुटबल प्रतियोगितामा साउदी अरेबिया र थाइल्यान्डले जित हात पारेका छन् ।

समूह 'एफ' अन्तर्गत मंगलबार राति दोहास्थित खलिफा इन्टरनेसनल स्टेडियममा भएको खेलमा साउदी अरेबियाले ओमानलाई २-१ गोलअन्तरले पराजित गर्‍यो ।


साउदी अरेबियालाई जित दिलाउन अब्दुलरहमान घरिब र अली अल बुलाहीले एक-एक गोल गरे । ओमानका लागि सालाह अल यहयाईले एक गोल गरे ।

सालाहले १४ औँ मिनेटमा गोल गर्दै ओमानलाई अग्रता दिलाए पनि अब्दुलरहमानले ७८ औँ मिनेटमा साउदी अरेबियाका लागि बराबरी गोल गरे ।

दोस्रो हाफको इन्जुरी समयमा अली अलले गोल गरेपछि साउदी अरेबियाले खेल आफ्नो पक्षमा पार्न सफल भयो ।

यसै समूहअन्तर्गत दोहास्थित अब्दुल्लाह बिन खलिफा स्टेडियममा भएको खेलमा थाइल्यान्डले किर्गिस्तानलाई २-० ले पराजित गर्‍यो ।

थाइल्यान्डको जितमा दुवै गोल सुपाचाइ चाइडेडले गरे ।


Author

थप समाचार
x