पिपल्स च्वाइस अवार्डको मनोनयनमा अनन्तसहित पाँच खेलाडी
काठमाडौँ- नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले माघ २८ गते आयोजना गर्न लागेको २० औँ संस्करणको एनएसजेएफ–पल्सर स्पोर्ट्स अवार्डअन्तर्गतको पिपल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक भएको छ ।
एनएसजेएफले बुधबार एक कार्यक्रममार्फत पिपल्स च्वाइसको मनोनयनमा परेका पाँच जना खेलाडीको नाम सार्वजनिक गरेको हो ।
मनोनयनमा फुटबल खेलाडी अनन्त तामाङ, कराते खेलाडी विप्लवलाल श्रेष्ठ, भलिबल खेलाडी निरुता ठगुन्ना, टेबल टेनिस खेलाडी सिक्का सुवाल श्रेष्ठ र शारीरिक सुगठनकी रजनी श्रेष्ठ मनोनयनमा परेका हुन् ।
यस विधाको विजेताको टुंगो ई-सेवाको भोटिङ, एनएसजेएफका सदस्यको मत, सामाजिक सञ्जालको मत र २७ खेलका प्रमुख प्रशिक्षकको मतका आधारमा गरिने एनएसजेएफले जनाएको छ ।
ई-सेवाको मतभार ५० प्रतिशत, सामाजिक सञ्जालको मतभार २५ प्रतिशत, नेपाल ओलम्पिक कमिटिमा आवद्ध २७ राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षकको मतभार १२.५ प्रतिशत र एनएसजेएफका सदस्यको मतभार १२.५ प्रतिशत हुनेछ ।
एनएसजेएफ र इ-सेवाबीच सम्झौता
यसैबीच, एनएसजेएफले बुधबार नै भोटिङ पार्टनरका रूपमा विद्युतीय भुक्तानी सेवा प्रदायक कम्पनी ई–सेवासँग सम्झौता गरेको छ ।
ई-सेवाका तर्फबाट चिफ बिजनेस अफिसर आशिष गौतम र एनएसजेएफका अध्यक्ष दुर्गानाथ सुबेदीले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
सम्झौता हस्ताक्षर कार्यक्रमकाबीच गौतमले मनोनयनमा परेका पाँचै जनालाई ई-सेवा केयर प्याकेज प्रदान गरिने जानकारी गराए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया