पाकिस्तानविरुद्ध न्यूजिल्यान्ड ९२ रनमै अलआउट
काठमाडौँ- पाहुना टोली पाकिस्तानविरुद्धको पाँच खेलको टी-ट्वान्टी सिरिजको अन्तिम खेलमा न्यूजिल्यान्ड ९२ रनमै आउट भएको छ ।
क्रिसचर्चमा आइतबार भएको पाँचौँ खेलमा १ सय ३५ रनको लक्ष्य पछ्याएको न्यूजिल्यान्डले १७ ओभर २ बलमा ९२ रन बनाउँदा सबै विकेट गुमाएको हो ।
खेल पाकिस्तानले ४२ रनले जितेपनि न्यूजिल्यान्डले भने सिरिज ४-१ ले आफ्नो पक्षमा पारेको छ । यसअघिका चार वटै खेल न्यूजिल्यान्डले जितेको थियो ।
आइतबारको खेलमा न्यूजिल्यान्डका लागि ग्लेन फिलिप्सले सर्वाधिक २६ रन बनाए । पाकिस्तानका लागि इफ्तिकार अहमदले सर्वाधिक ३ तथा शाहिन शाह अफ्रिदी र मोहम्मद नवाजले २-२ विकेट हात पारे ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३४ रनको योगफल तयार पार्दा मोहम्मद रिजवानले ३८ तथा फकर जमानले ३३ रन जोडे ।
न्यूजिल्यान्डका इश सोधी, लोकी फर्गुसन, म्याट हेनरी र टिम साउथीले समान २-२ विकेट हात पारे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया