खेलकुद

सूर्य नेपाल इस्टर्न ओपन गल्फ बुधबारदेखि

इकागज |
माघ ८, २०८० सोमबार १७:३ बजे

काठमाडौँ- सूर्य नेपाल गल्फ टूर २०२३-२४ अन्तर्गतको सूर्य नेपाल इस्टर्न ओपन गल्फ टुर्नामेन्ट बुधबारबाट सुरु हुने भएको छ ।

आयोजक नेपाल प्रोफेसनल गल्फर्स एसोसियसनले काठमाडौँमा सोमबार पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिता धरानको धरान गल्फ क्लबमा शनिबारसम्म संचालन हुने जानकारी गराएको हो ।


प्रतियोगितामा व्यावसायिक खेलाडी सुक्रबहादुर राई, भुवन नगरकोटी, दिनेश प्रजापती, जयराम श्रेष्ठ, निरज तामाङ, संजय लामा तथा धन थापासहित एमेच्योर खेलाडीको सहभागिता रहने एसोसियसनका महासचिव दिपक आचार्यले जानकारी गराए ।

३६ होलपछि कट लागू हुने तथा २१ व्यावसायिक तथा एमेच्योरले १८ होलको फाइनल खेल्नेछन् ।

प्रतियोगिताको विजेताले १ लाख ४० हजार, उपविजेताले ९६ हजार र तेस्रो हुनेले ७२ हजार पाउनेछन् भने शीर्ष २१ सम्मका खेलाडीले नगद पुरस्कार पाउने महासचिव आचार्यले जनाए ।


Author

थप समाचार
x