एनएसजेएफ र लालपूर्जा नेपालबीच पल्सर स्पोर्ट्स अवार्डका लागि सह-प्रायोजन सम्झौता
काठमाडौँ- रियल स्टेट व्यवसायमा क्रियाशील कम्पनी लालपूर्जा नेपालले २० औँ पल्सर स्पोर्टस अवार्डको सह-प्रायोजन गर्ने भएको छ ।
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आगामी माघ २८ गते होटल याक एण्ड यतिमा आयोजना गर्ने कार्यक्रमका लागि लालपूर्जा नेपाल रियल स्टेट पार्टनरका रुपमा रहने एनएसजेएफले जनाएको हो ।
यसका लागि एनएसजेएफका अध्यक्ष दुर्गानाथ सुवेदी र लालपूर्जा नेपालका प्रबन्ध निर्देशक सञ्जय नेपालले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
नौ विधामा प्रदान गरिने पल्सर स्पोर्ट्स अवार्डको पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक भइसकेको छ । पिपल्स च्वाइसमा फुटबलका अनन्त तामाङ, करातेका विप्लवलाल श्रेष्ठ, भलिबलकी निरुता ठगुन्ना, टेबल टेनिसकी सिक्का सुवाल श्रेष्ठ र शारीरिक सुगठनकी रजनी श्रेष्ठ मनोनयनमा परेका छन् ।
पल्सर स्पोर्ट्स अवार्ड २०७९ को अन्य विधामा वर्षका उत्कृष्ट पुरुष, महिला र युवा तथा प्रशिक्षक विधाको मनोनयन पनि छिट्टै सार्वजनिक गरिने एनएसजेएफले जनाएको छ । त्यस्तै पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट्स जर्नालिस्ट विधाको घोषणा भने माघ २८ गते कार्यक्रमकै दिन घोषणा हुनेछ ।
यस पटक वर्ष पुरुष, महिला, युवा, प्रशिक्षक र पिपल्स च्वाइसका विजेताले जनही बजाज पल्सर मोटरसाइकल पाउनेछन् । तीमध्ये दुई वटा एन २५० र तीन वटा एन १६० मोटरसाइकल रहेको छ । अन्य विधाका विजेतालाई जनही ५० हजार रुपैयाँ र गिफ्ट ह्याम्पर प्रदान गरिनेछ ।
स्पोर्ट्स अवार्डका अन्य सह–प्रायोजक तथा सहयोगीमा ई–सेवा, सूर्य नेपाल प्रालि, होटल याक एन्ड यती, सुबिसु, रोयल सिंगी होटल,प्लाजा ग्रुप अफ होटल, आईएसएस,राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल ओलम्पिक कमिटी छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया