क्रिकेट विश्वकपः नेपालले दियो पाकिस्तानलाई १९८ रनको लक्ष्य
काठमाडौँ- दक्षिण अफ्रिकामा जारी आईसीसी यू-१९ क्रिकेट विश्वकपअन्तर्गत नेपालले पाकिस्तानलाई १ सय ९८ रनको लक्ष्य दिएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर १ सय ९७ रन बनाएको हो ।
नेपालका लागि विपिन रावलले सर्वाधिक ३९ रन बनाउँदा दिपक डुम्रेले २८, कप्तान देव खनालले २३, गुल्सन झाले १८ रन र दिपेश कँडेलले १३ रन जोडे । सुवाश भण्डारीले २० रन तथा आकाश चन्दले १६ रन बनाए ।
पाकिस्तानका लागि अराफात मिनहासले ३ तथा अहमद हुसेन र उबाइद शाह २-२ विकेट लिए । खुबाइब खलिल, मोहम्मद हुसेन र अली अस्फान्डले १-१ विकेट हात पारे ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया