उपचारका लागि खेलाडीलाई आर्थिक सहयोग
काठमाडौँ- राष्ट्रिय खेलाडी कल्याणकारी कोषले स्वास्थ उपचारका लागि दुई खेलाडीलाई शुक्रबार आर्थिक सहयोग प्रदान गरेको छ ।
पूर्व टेबलटेनिस खेलाडी सन्ध्या शाक्य तथा पूर्व उसु खेलाडी मोहन पाण्डेलाई समान १–१ लाख रुपैयाँ सहयोग स्वरुप प्रदान गरिएको नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष एवं कोषका सदस्य–सचिव दीपक श्रेष्ठले बताए ।
कोषका अध्यक्षसमेत रहेका राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले उक्त रकम बराबरको चेक हस्तान्तरण गरे । पाण्डेको सहयोग रकम भने उसुका मुख्य प्रशिक्षक फत्तबहादुर लामामार्फत हस्तान्तरण गर्ने गरी लामालाई प्रदान गरिएको थियो ।
सन्ध्याले क्यान्सर तथा पाण्डेले कलेजो र किड्नीको उपचार गराइरहेका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया