खेलकुद

क्यानका अध्यक्ष चतुर र सचिव पारस इन्डोनेसिया जाने

इकागज |
माघ १३, २०८० शनिबार १०:४९ बजे

काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुर बहादुर चन्द र सचिव पारस खड्का इन्डोनेसिया जाने भएका छन् ।

एसियन क्रिकेट काउन्सिल (एसीसी) को वार्षीक साधारणसभामा सहभागिता जनाउन अध्यक्ष चन्द र सचिव खड्का इन्डोनेसिया जाने क्यानले एक विज्ञप्तिमार्फत जनाएको हो ।


एसीसीको वार्षिक साधारणसभा आगामी जनवरी ३१ तारिखबाट सुरु हुँदैछ ।

त्यसअघि सचिव खड्काले जनवरी ३० मा नेपाली क्रिकेटको समग्र विकास प्रकृया, आगामी योजना, एसियाली क्रिकेटमा नेपालले खेल्न सक्ने भूमिका सम्बन्धमा एक कार्यपत्र समेत प्रस्तुत गर्ने कार्यक्रम रहेको क्यानले जनाएको छ ।


Author

थप समाचार
x