खेलकुद

साबालेन्काले जितिन् अस्ट्रेलियन ओपनको उपाधि

इकागज |
माघ १३, २०८० शनिबार १६:१६ बजे

काठमाडौँ- साविक विजेता अर्यना साबालेन्काले महिला एकलतर्फको अस्ट्रेलियन ओपन टेनिस प्रतियोगिताको उपाधि जितेकी छन् ।

शनिबार भएको फाइनलमा चीनकी झेङ क्विनवेनलाई सोझो सेटमा पराजित गर्दै बेलारुसकी साबालेन्काले ग्रान्ड स्लामको उपाधि हात पारेकी हुन् ।


साबालेन्काले झेङलाई ६-३ र ६-२ को सेटमा पराजित गर्दै लगातार दोस्रोपटक अस्ट्रेलियन ओपनको उपाधि जितेकी हुन् ।

यसअघि सन् २०१२-२०१३ मा भिक्टोरिया अजारेन्काले लगातार दुईपटक अस्ट्रेलियन ओपनको उपाधि जितेकी थिइन् ।

त्यसैगरी, लगातार दुईपटक अस्ट्रेलियन ओपनको उपाधि जित्ने साबालेन्का समग्रमा नवौं महिला खेलाडी हुन् ।

यता फाइनलमा पराजित भएकी झेङ भने सन् २०१४ पछि विश्व वरीयताको शीर्ष १० मा पुग्ने पहिलो चिनियाँ खेलाडी बन्ने भएकी छन् ।

यसअघि सन् २००३ मा लि ना वरीयताको शीर्ष १० मा पुगेकी थिइन् ।

 


Author

थप समाचार
x