न्यूकासल एफए कपको पाँचौं चरणमा
काठमाडौँ- इंग्लिस प्रिमियर लिग क्लब न्यूकासल एफए कप फुटबल प्रतियोगिताको पाँचौं चरणमा प्रवेश गरेको छ ।
शनिबार राति सम्पन्न चौँथों चरणको खेलमा फुलहमलाई २-० गोलअन्तरले पराजित गर्दै न्यूकासलले अघिल्लो चरणको यात्रा तय गरेको हो ।
न्यूकासलको जितमा सिन लङस्टाफ र डान बर्नले एक-एक गोल गरे । सिनले ३९ औँ मिनेटमा गोल गर्दै न्यूकासललाई सुरुवाती अग्रता दिलाए ।
६१ औँ मिनेटमा डानले गोल गर्दै न्यूकासलको जित सुनिश्चित गरे ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया