खेलकुद

एसियन कपः ताजकिस्तान र अस्ट्रेलिया क्वार्टरफाइनलमा

इकागज |
माघ १५, २०८० सोमबार १०:५० बजे

काठमाडौँ- ताजकिस्तान र अस्ट्रेलिया एएफसी एसियन कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

आइतबार राति भएको प्रि-क्वार्टरफाइनल खेलमा ताजकिस्तानले युनाइटेड अरब इमिरेट्स (यूएई) तथा अस्ट्रेलियाले इन्डोनेसियालाई पराजित गर्दै अघिल्लो चरणको यात्रा तय गरेका हुन् ।


अहमद बिन अली स्टेडियममा भएको खेलमा ताजकिस्तानले यूएईलाई पेनाल्टी सुटआउटमा ५-३ गोलअन्तरले पराजित गरेको हो ।

यसअघि निर्धारित र थप गरिएको समयमा दुवै टोलीले १-१ गोलको बराबरी खेलेका थिए । भाहदत हानोनोभले ३० औँ मिनेटमा गोल गर्दै ताजकिस्तानलाई अग्रता दिलाएपनि दोस्रो हाफको इन्जुरी समयमा खालिफा अल हमादीले यूएईका लागि बराबरी गोल गरे ।

यता जसिम बिन हमाद स्टेडियममा भएको खेलमा अस्ट्रेलियाले इन्डोनेसियालाई ४-० गोलअन्तरले पराजित गर्‍यो । अस्ट्रेलियाको जितमा इल्का बागोट, मार्टिन बोयल, क्रेग गुडविन र ह्यारी साउटरले एक-एक गोल गरे ।


Author

थप समाचार
x