यू–१९ महिला साफ च्याम्पियनसिप : नेपाली खेलाडीलाई बिदाइ
काठमाडौँ- बंगलादेशमा हुने यू–१९ महिला साफ च्याम्पियनसिप खेल्न जाने नेपाली टिमको बिदाइ गरिएको छ ।
सोमबार एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङलगायत पदाधिकारीले नेपाली टोलीको विदाई गरेका हुन् । फेब्रुअरी २ देखि ढाकामा सुरु हुने प्रतियोगितामा ४ टिम छन् । राउण्ड रोबिन लिगपछि शीर्ष २ टिमले फाइनल खेल्ने छन् ।
एन्फाका अध्यक्ष नेम्वाङले नेपाली टिमले बंगलादेशमा राम्रो नजिता ल्याउने विश्वास गरे । प्रशिक्षकले सिकाएका कुरालाई खेलाडीहरूले मैदानमा प्रदर्शनमार्फत देखाउनुपर्ने उनको भनाइ छ ।
नेपालले पहिलो खेल फेब्रुअरी २ मा बंगलादेश, फेब्रुअरी ४ मा भुटान र फेब्रुअरी ६ मा भारतसँग खेल्ने तालिका छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया