१८ खेलकुद पत्रकार र खेलकर्मी पुरस्कृत
काठमाडौँ- समान ९ खेलकुद पत्रकार र ९ खेलकुदकर्मी सम्मानित तथा पुरस्कृत भएका छन् । युवा तथा खेलकुद मन्त्रालयले बुधबार उनीहरूलाई पुरस्कृत र सम्मान गरेको हो ।
कवड्डी खेलाडी मेनुका कुमारी राजवंशी, टेबल टेनिस खेलाडीहरू नविता श्रेष्ठ, शुभश्री श्रेष्ठ र शिव सुन्दर गोथे, कराँते खेलाडी एरिका गुरुङ, पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धन, कवड्डी प्रशिक्षक पार्वती राई, टेबल टेनिसका निर्णायक तेजेन्द्र सिंह महरा तथा फुटबलका फिजियोथेरापिष्ट आविष्कार पुडासैनीले राष्ट्रिय खेलकुद सम्मान प्राप्त गरे ।
उनीहरूलाई जनही १ लाख नगद र सम्मानपत्र प्रदान गरिएको थियो ।
त्यसैगरी, गोविन्द रेग्मीले खेलकुद पत्रकारिता पुरस्कार तथा सम्मान प्राप्त गरेका छन् । उनले ५० हजार नगद पनि पाए ।
हरि प्रसाद कोइराला, तिवारी यादव, गोविन्द राज नेपाल, रोहितराज पराजुली, रिखिराम जि.सि., नन्दराम जैशी, नवराज पनेरु, रजनी कुमारी योगीले खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कार पाए । उनीहरूले जनही २५ हजार प्राप्त गरे ।
युवा तथा खेलकुद मन्त्री श्री डिगबहादुर लिम्बुले उनीहरूलाई पुरस्कार तथा सम्मानपत्र हस्तान्तरण गरेका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया