सावित्रा भण्डारी फ्रान्सको शीर्ष डिभिजन क्लबमा अनुबन्ध
काठमाडौँ- नेपाली राष्ट्रिय महिला फुटबल टिमकी फरवार्ड सावित्रा भण्डारी फ्रान्सको शीर्ष डिभिजन फुटबल क्लबमा अनुबन्ध भएकी छन् ।
फ्रान्सको शीर्ष डिभिजनको क्लब इएन अभान्त गुनगाम्प फेमिनिन्सले सावित्रालाई अनुबन्ध गरेको सामाजिक सञ्जालमार्फत जनाएको हो ।
युरोपियन क्लब इएन अभान्तले उनलाई जारी सिजन तथा अर्को एक सिजनका लागि अनुबन्ध गरेको हो ।
सावित्रा यसअघि युरोपियन फुटबल खेल्ने इजरायली क्लब हापोयल रानानाबाट खेलेकी थिइन् । तर इजरायल र हमासबीचको युद्ध सुरु भएपछि उनी इजरायलबाट नेपाल फर्किएकी थिइन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया