खेलकुद

क्रिकेट विश्वकपः भारतविरुद्ध नेपालले टस हार्‍यो

इकागज |
माघ १९, २०८० शुक्रबार १३:३१ बजे

काठमाडौँ- दक्षिण अफ्रिकामा जारी आईसीसी यू-१९ क्रिकेट विश्वकपको सुपर सिक्सअन्तर्गत नेपालले भारतविरुद्ध टस हारेको छ ।

ब्लोमफोन्टेनमा भारतले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको हो । टस हारेको नेपालले भने पहिला बलिङ गर्ने भएको छ ।


सुपर सिक्सअन्तर्गत नेपालले दोस्रो खेल खेल्दैछ । यसअघि भएको पहिलो खेलमा नेपालले बंगलादेशविरुद्ध ५ विकेटको पराजय भोगेको थियो ।

जारी प्रतियोगितामा नेपालको सेमिफाइनल सम्भावना अन्त्य भइसकेको छ भने भारतले आजको खेलमा जित हात पारे अन्तिम ४ मा स्थान सुरक्षित गर्नेछ ।


Author

थप समाचार
x