खेलकुद

एसियन कपः इरानसँग जापान स्तब्ध हुँदा आयोजक कतारको पनि जित

इकागज |
माघ २१, २०८० आइतबार १०:५३ बजे

काठमाडौँ- आयोजक कतार र इरान एएफसी एसियन कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

शनिबार राति सम्पन्न क्वार्टरफाइनल खेल जित्दै कतार र इरानले अन्तिम ४ मा स्थान सुरक्षित गरेका हुन् ।


कतारले उज्बेकिस्तानलाई पेनाल्टी सुटआउटमा ३-२ ले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरे । निर्धारित र थप गरिएको समयमा दुवै टोलीले १-१ गोलको बराबरी खेलेपछि विजेताको टुंगो पेनाल्टी सुटआउटबाट लागेको थियो ।

उज्बेकिस्तानका उत्किर युसुपोभले २७ औँ मिनेटमा आत्मघाती गोल गरेपछि कतारले अग्रता लिएको थियो । तर ओडिजोन हामरोबेकोभले ५९ औँ मिनेटमा उज्बेकिस्तानका लागि बराबरी गोल गरेका थिए ।

अर्को खेलमा इरानले भने एक गोलको अग्रतालाई उल्ट्याउँदै जापानलाई २-१ गोलअन्तरले पराजित गर्‍यो ।

हिडेमासा मोरिताले २८ औँ मिनेटमा गोल गर्दै जापानलाई सुरुवाती अग्रता दिलाए । ५५ औँ मिनेटमा भने इरानका मोहम्मद मोहेबीले बराबरी गोल गरे ।

दोस्रो हाफको इन्जुरी समयमा भने अलिरेजा जाहानबख्सले गोल गर्दै इरानलाई सेमिफाइनलमा पुर्‍याए ।


Author

थप समाचार
x