यू-१९ क्रिकेट विश्वकपः नेपाल ११ औँ स्थानमा सीमित
काठमाडौँ- दक्षिण अफ्रिकामा जारी आईसीसी यू-१९ क्रिकेट विश्वकपअन्तर्गत नेपाल ११ औँ स्थानमा सीमित भएको छ ।
विश्वकपको 'सुपर सिक्स' अन्तर्गतको दुवै खेलमा पराजय भोगेपछि नेपाल ११ औँ स्थानमा सीमित भएको हो ।
सुपर सिक्सअन्तर्गत नेपालले बंगलादेशसँग ५ विकेट तथा भारतसँग १ सय ३२ रनको पराजय भोगेको थियो ।
त्यसअघि समूह चरणमा भने न्यूजिल्यान्डसँग ६४ रन तथा पाकिस्तानसँग ५ विकेटको पराजय भोगेपनि अफगानिस्तानलाई १ विकेटले पराजित गर्दै सुपर सिक्समा पुगेको थियो ।
विश्वकपको वरीयताअनुसार टेस्ट राष्ट्र जिम्बाब्वे र अफगानिस्तानलाई पछि पार्दै ११ औँ स्थानमा रहेको हो । जिम्बाब्वे १२ औँ तथा अफगानिस्तान १३ औँ स्थानमा सीमित भए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया